२ जेष्ठ २०८३, शनिबार 1778934283
Banner

एमाले अध्यक्ष ओलीको प्रश्न, प्रधानमन्त्री ज्यू, नेपाल एक चीन नीतिमा छ कि छैन ?

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकार एक चीन नीतिको पक्षमा छ कि छैन भनेर प्रश्न गर्नुभएको छ ।

सरकारले सार्वजनीक गरेको नीति तथा कार्यक्रमको छलफलमा बिहीबार सहभागि बन्दै उहाँले नेपाल पछिल्लो समय परराष्ट्र नीतिमा कमजोर बन्दै गएको बताउनुभयो । उहाँले सामान्य विदेशका सहायक मन्त्री आउँदा पनि जताततै घुम्न दिएर नेपालको इज्जतको हुर्मत दिने काम सरकारले गरेको बताउनुभयो ।‘ सहायक विदेशमन्त्री आउँदा नै यो सरकार थुरथुर हुन्छ, तीन दिन कामज्वरो छुट्छ,’ उहाँले भन्नुभयो, ‘कहाँसम्मको लाचारी हो ? यस्तो सरकारले कसरी देशको स्वाधीनता रक्षा गर्छ ?

परराष्ट्र नीतिलाई सरकारले संकुचन गर्ने काम गरेको भन्दै उहाँले यसको जवाफ प्रधानमन्त्रीले सदनमा दिनुपर्ने माग गर्नुभयो ।