काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि समय थपेको छ । आयोगले पाँच दिन समय बढाउँदै मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको हो ।

राष्ट्रिय परिचयपत्र नम्बर लिएका सेवाग्राहीका लागि अनलाइन प्रणालीमार्फतै घरबाटै मतदाता नामावली दर्ता गर्ने सुविधा बिहीबार बिहानदेखि सुरु भएपछि निर्वाचन आयोगको प्रणालीमा समस्या आइरहेको छ । जसले गर्दा अनलाइन प्रणालीबाट मतदाता नामावली दर्ता कार्य प्रभावित समेत भएको छ ।


