२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 4:56 am
Banner

निर्वाचन आयोगमा ३२ दलको निवेदन, कुन कुन भए दर्ता

सूचना प्रेस २०८२ कार्तिक ३० आइतबार ००:००, २०:०२ बजे १ मिनेट पढाइ

काठमाडौं । नयाँ राजनीतिक दल दर्ताका निम्ति निर्वाचन आयोगमा आइतबार (कात्तिक ३०)सम्म ३२ वटा निवेदन परेका छन् । जेनजी आन्दोलनपछि दल दर्ताका लागि ३२ निवेदन गरेका हुन् । 

आइतबार मात्रै पाँच दलको निवेदन आएको छ । आयोगका अनुसार, आइतबार राष्ट्रिय सनातन पार्टी नेपाल, समुन्नत नेपाल पार्टी, जनअधिकार पार्टी, न्यू न्याश्नलिष्ट पार्टी र उदार लोकतान्त्रिक पार्टी दर्ताका लागि निवेदन प्राप्त भएका हुन् ।

आज राष्ट्रिय परिवर्तन पार्टी दर्ता भएसँगै दल दर्ता १२३ पुगेको हो । 

DAl-1763296734.jpg