१६ असार २०८३, मंगलबार 1782833128
Banner

आजदेखि काठमाडौँको फोहोर बञ्चरेडाँडामा फयाक्न नदिने स्थानीयको घोषणा

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटका स्थानीयले फेरि अवरोध गर्ने घोषणा गरेका छन्। सहरी विकास मन्त्री कुलमान घिसिङको प्रतिबद्धता जनाएपनि माग पूरा नभएको भन्दै बञ्चरेडाँडाका स्थानीय बासिन्दाले बुधवारदेखि फोहोर विसर्जनमा पूर्ण रूपमा रोक लगाउने घोषणा गरेका हुन् । आफूहरूलाई धोका भएको भन्दै उनीहरूले यस पटकको आन्दोलन वार कि वार हुने बताएका छन् ।

गत कात्तिक १६ गते सहरी विकास मन्त्री घिसिङ सहितको टोलीले बञ्चरेडाँडाका स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूसँग छलफल गरेको थियो । सो छलफलमा मन्त्री घिसिङले स्थानीयका मागहरू १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता जनाएपछि फोहोर फाल्न गरिएको अवरोध हटाउन स्थानीय राजी भएका थिए । तर आज मंगलबारसम्म १६ दिन बितिसक्दा पनि मन्त्री र महानगरपालिकाबाट कुनै ठोस काम नभएको भन्दै स्थानीय आक्रोशित भएका हुन् । उनीहरूले मन्त्री घिसिङको प्रतिबद्धता केवल आश्वासन मात्र भएको गुनासो गरेका छन् ।

उनले फोहोर र मान्छे एक ठाउँमा बस्न नसक्ने भन्दै समस्याको दीर्घकालीन समाधानका लागि फोहोरमैला प्रभावित क्षेत्रको जग्गा अधिग्रहण गरिनुपर्ने बताए । उनले फोहोर विसर्जनमा अवरोध गरेको भन्दै स्थानीयमाथि लगाइएका मुद्दाहरू फिर्ता गरिनुपर्ने पनि बताए।