१० श्रावण २०८३, आइतबार 1785076697
Banner

निर्वाचन आयोगमा दर्ता रहेका दलहरूसँग प्रधानमन्त्रीको छलफल शुरु

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता रहेका दलहरूसँग आयोजना गरेको सर्वदलीय बैठक शुरु भएको छ।

निर्वाचन, सरकारका कामकारबाही र प्राथमिकताबारे जानकारी दिन आयोजना गरिएका सर्वदलीय बैठक केहीवेर अघि शुरु भएको प्रधानमन्त्री कार्कीको सचिवालयले जानकारी दिएको छ।

बैठकमा विभिन्न राजनीतिक दलका नेताहरूको सहभागिता रहेको छ। निर्वाचन आयोगमा दर्ता भएका १२३ दलहरूलाई बैठकमा बोलाइएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी छ।