२६ भदौ २०८३, शुक्रबार 1789121902
Banner

प्रधानमन्त्रीलाई सत्ताबाट हटाएरै छोड्छौं: महेश बस्नेत

काठमाडौं-नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीलाई सत्ताबाट हटाएरै छोड्ने चेतावनी दिनुभएको छ।

शुक्रबार पार्टीको नेसनल भोलेन्टियर फोर्सको घोषणा सभालाई सम्बोधन गर्दै नेता बस्नेतले यस्तो बताउनुभएको हो।

‘आजको एमालेको मार्चपासले भोलि हामीले गर्ने प्रदर्शनको झल्को दिएको छ। भोलिको जनप्रदर्शन भनेको सुशीला कार्कीलाई  (प्रधानमन्त्री) राजनीतिक जीवनबाट टाटाबाइ गर्न हो,’ नेता बस्तेतले भन्नुभयो, ‘छोराछोरीसँग बेलायत गएर उपचार गरेर रिटायर्ड जीवन शानदार गर्नुस्। वृद्ध पतिको सेवा गर्नुस्। राजनीति दलले नेताले गर्ने हो।’ नेता बस्नेतले २/३ दिनमा प्रधानमन्त्रीले पदबाट राजीनामा नदिए भोलेन्टियर फोर्सले आवश्यक कदम चाल्ने चेतावनी पनि दिनुभयो।