काठमाडौं, ८ मंसिर । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । रक्षा सचिव रहेको अर्याललाई मन्त्रिपरिषद् बैठकले बुधबारदेखि लागू हुनेगरी मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।
हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण मंगलबार रातिबाट अनिवार्य अवकासमा जाँदैछन् । अर्याल २०८३ असार २६ गतेसम्म सेवामा जिम्मेवारीमा रहनेछन् ।


