काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्छनुभएकाे छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै उहाँले आगामी अधिवेशनमा अध्यक्षका उम्मेदवारका रूपमा आफूले प्रतिस्पर्धा गर्ने जानकारी दिनुभएकाे हाे।

यसअघि बसेको पार्टी सचिवालय बैठकमा पनि पोखरेलले अध्यक्ष बन्ने आफ्नो तयारीबारे नेतृत्वलाई अवगत गरासक्नुभएकाे थियाे । मंगलबार जारी विज्ञप्तिमार्फत उहाँले औपचारिक रूपमा उम्मेदवारी सार्वजनिक गर्नुभएकाे हाे।
पोखरेलका अनुसार पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरका नेता–कार्यकर्ताबाट आएका आग्रह तथा सुझावलाई स्वीकारेर आफूले उम्मेदवारी घोषणा गर्ने निर्णय गर्नुभएकाे हाे । साथै, नेतृत्व हस्तान्तरणका विषयमा अध्यक्ष केपी शर्मा ओलीले सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा आफूले राखेको उल्लेख गर्नुभएकाे छ।
यद्यपि, मंसिर अन्तिम साता तय भएको एमालेको एघारौँ महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष ओली भने नेतृत्व नछोड्ने तयारीमा रहेको बताउँदै आउनुभएकाे छ। तेस्रोपटक अध्यक्ष बन्न पार्टी विधानसमेत संशोधन गर्नुभएकाे ओलीलाई जेन–जी आन्दोलनपछि बदलिएको राजनीतिक वातावरणले नेतृत्व हस्तान्तरण गर्नैपर्ने दबाब सिर्जना भएको पोखरेलको तर्क रहँदै आएको छ।


