काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन सचिवालयको बैठक सुरु भएको छ । १३ वटा विभिन्न उपसमितिका संयोजकसहित बैठक सुरु भएको हो ।
बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो । एमालेको महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्मका लागि तय गरिएको छ । यसकै तयारीका लागि महाधिवेशन सचिवालय बैठक बसेको हो ।


