१६ असार २०८३, मंगलबार 1782841612
Banner

 मन्त्रीको भनाइ रेकर्डबाट हटाउन र आरोपका विषयमा छानबिन समिति बनाउन एमालेको माग

काठमाडौं – नेकपा एमालेले शुक्रबार संसद्मा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले विपक्षी दलका नेता प्रति दिएका अभिव्यक्ति प्रमाणित गर्न चुनौती दिएको छ ।

बडुको भनाई रेकर्डबाट नहटाएसम्म र एमाले अध्यक्ष ओली प्रति लगाएको आरोपका विषयमा छानबिन गर्न समिति नबनाएसम्म संसद् चल्न नदिने एमालेले जनाएको छ । १५ मिनेटका लागि समामुखले बैठक स्थगित गर्नुभएको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्नुभएको कानुनमन्त्री बडूले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा दिएको अभिव्यक्तिलाई स्तरहीन भन्नुभएको थियो

लगतै एमाले सांसद खगराज अधिकारीले नियमापत्ति गर्नुभयो । सभामुखले आफ्नो ध्यानाकर्षण भएको बताएपछि काुननमन्त्री बडूले आफ्नो सम्बोधन जारी राख्नुभयो । तर, एमाले सांसदको अबरोध निरन्तर रह्यो ।

‘आफू प्रधानमन्त्री हुँदा कमिसनको चास्नीमा रमाएको अवस्थामा सत्ता गुमाउन पुगेकाले कमिसन बाहेक के नै देख्नसक्छ र’ भनेपछि एमाले संसदहरू फेरि उठ्नुभएको थियो ।