कैलाली, १२ मंसिर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज धनगढीमा एकता सन्देश सभा गर्दैछ । पार्टी गठनपछि नेकपाले पहिलोपटक धनगढीमा प्रदेशस्तरीय सन्देश सभा गर्न लागेको हो ।
धनगढीमा हुने सभामा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नेता भीम रावल लगायतले सम्बोधन गर्नेछन् । बिहान साढे ११ बजे धनगढी चौराह र क्याम्पस चोकबाट र्यालीसहित धनगढी रंगशालामा दिउँसो साढे १२ बजे सभामा परिणत हुने बताइएको छ ।
पार्टीले लुम्बिनीको देउखुरीमा मंसिर १३ गते, गण्डकीको पोखरामा मंसिर १४ गते, कोशीको विराटनगरमा मंसिर १५ गते सभा गर्नेछ भने कर्णालीको सुर्खेतमा मंसिर १८ गते, मधेशको जनकपुरमा मंसिर २० गते र बागमतीको हेटौंडामा मंसिर २३ गते सभा गर्ने निर्णय गरिसकेको छ ।


