२२ बैशाख २०८३, मंगलबार 1777970063
खेलकुद

जनकपुर बोल्ट्सले टस जितेर ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्दैछ । जनकपुरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

सुदूरपश्चिम र जनकपुर एनपीएलमा चौथो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । पहिलो संस्करणमा यी दुई टोली तीनपटक भिड्दा सुदूरपश्चिमले दुई र जनकपुरले एकपटक जितेका थिए ।

लिग चरण र प्लेअफमा सुदूरपश्चिम विजयी हुँदा फाइनलमा जनकपुरले बदला लिंदै सुदूरपश्चिमलाई हराएर उपाधि जितेको थियो ।

जनकपुरको टिममा एक परिवर्तन भएको छ । कप्तान अनिल शाहको स्थानमा आदित्य महता पहिलो रोजाइमा आएका छन् ।

सुदूरपश्चिम रोयल्सले पनि एक परिवर्तन गरेको छ । नरेन साउँदको स्थानमा मिलन बोहरा पहिलो रोजाइमा खेल्दैछन् ।

दोस्रो संस्करणमा सुदूरपश्चिम लयमा छ । सुदूरपश्चिमले अहिलेसम्म खेलेको सबै चार खेल जित्दै एक्लो अपराजित टोलीको रुपमा छ ।

अर्कोतर्फ साविक विजेता जनकपुर भने यस सिजन खेलेको तीनवटै खेलमा पराजित हुँदै जितविहीन छ ।