२१ बैशाख २०८३, सोमबार 1777936053
Banner

नेकपा एमालेले ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गर्ने

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गर्ने भएका छन्। 

दिउँसो १ बजे ललितपुरको च्यासलस्थित मुख्यालयमा लोगो सार्वजनिक गर्ने कार्यक्रम राखिएको एमालेले जनाएको छ।

उक्त कार्यक्रममा उपस्थित हुन पार्टीका नेता–कार्यकर्तालाई आह्वान गरिएको छ। महाधिवेशनका निम्ति शनिबार देशभर र प्रवासबाट समेत प्रतिनिधि चयन गरिएको छ।

एमाले महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ।