८ मंसिर २०८१, शनिबार 1732403826
Banner

निर्वाचनको बेला सेता पुर्जा बाँडियो : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह निर्वाचनमा मतदातालाई प्रलोभनमा पार्न सेतो पूर्जा जग्गाधनी पूर्जा वितरण गरिएको आरोप लगाउनु भएको छ । 

संसदमा पेस गरिएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उहाँले नीति तथा कार्यक्रम जनपक्षीय नभएको र भ्रष्टाचार तथा अनियमितता गर्ने आधारहरु प्रशस्तै रहेको दाबी गर्नुभयो ।

एमाले सरकारले गठन गरेको भूमि आयोग विघटन गरेर आफ्ना नेता भर्ती गर्न अर्को आयोग गठन गरेको भन्दै उहाँले सो आयोगमार्फत निर्वाचनका बेला सेतो पुर्जा वितरण गरेको आरोप लगाउनुभयो ।