जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिने तयारी गरेका छन् । उनले आज बस्ने प्रदेशसभा बैठकमा राजीनामा दिने तयारी गरेका हुन् । यसअघि सर्वोच्च अदालतले उनलाई २४ घण्टाभित्र संसदबाट विश्वासको मत लिन परमादेश जारी गरेको थियो ।
विश्वासको मत नपाउने भएपछि उनले राजीनामा दिन लागेका हुन् । आज बिहानका लागि बोलाइएको प्रदेशसभा बैठक सारेर २ बजेका लागि बोलाइएको छ ।


