७ जेष्ठ २०८३, बिहिबार 1779369975
Banner

मधेसका मुख्यमन्त्री यादवले दिए राजीनामा

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मुख्यमन्त्रीबाट राजीनामा दिएका छन् ।

मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने प्रयोजनका लागि बसेको प्रदेश सभा बैठकमा सम्बोधन गरेर राजीनामा दिएको घोषणा गरेका हुन् ।

मधेस प्रदेश सभामा एमालेको २५ सिट छ । उनी कात्तिक २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।