बागलुङ : यहाँको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइ रहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल पुन मगरको मृत्यु भएको छ ।
स्थानीय बलबहादुर रोका मगरको निजी घर निमार्णको लागि मरामगाउँमा ढुङ्गा निकाल्दा अचानक ढुङ्गा खस्दा सहचालक पुन मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमलजङ्ग थापाले जानकारी दिए ।
घटनास्थलमा प्रहरी पुगी मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि गलकोट नगर अस्पताल हरिचौरमा ल्याइएको उनले बताए ।


