बाजुरा । नेपाली कम्युनिष्ट पार्टी बाजुराले एकताको सभा सदरमुकाम मार्तडीमा हुने भएको छ । यही मंसिर २९ गते एकता सभा भव्य रुपमा मार्तडी गरिने नेपाली कम्युनिष्ट पार्टी बाजुराले जनाएको छ ।
एकीकृत समाजवादी, नेकपा माओवादीसहितका दलहरुको एकतापछिको पहिलो सभा सदरमुकाम मार्तडीमा गर्ने निर्णय गरेको पार्टीका नेता प्रकाशबहादुर शाहले जानकारी जानकारी दिए । पहिलो एकता सभाको तयारीका लागि जिल्ला कमिटीको बैठकले विभिन्न उपसमिति समेत गठन गरेको शाहले बताए । शाहको संयोजकत्वमा केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, साविक पार्टीका जिल्ला कमिटीका पदाधिकारीहरु सदस्य रहनेगरी ५१ सदस्यीय मूल समिति गठन समेत गरिएको छ । बैठकले आर्थिक परिचालन तथा व्यवस्थापन समितिको संयोजकत्वमा नरेश शाही रहने गरी ९ सदस्यीय उप समिति बनाइएको छ ।
जनपरिचालन उपसमितिमा पार्टीका नेता कर्णबहादुर विक संयोजक रहनेगरी साविकका जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटी अध्यक्ष सदस्य रहेका छन् । मञ्च व्यवस्थापन उपसमितिमा मनलाल खत्री संयोजक रहेको पाँच सदस्यीय उपसमिति बनाइएको छ । भने प्रचार प्रसार उपसमितिमा अनिल शाही संयोजक रहनेगरी सात सदस्यीय उपसमिति गठन गरिएको छ । साँस्कृतिक परिचालन उपसमितिमा दीपक बसढा संयोजक र जयवीर कटेल सह संयोजक रहेका छन् ।
स्वयंसेवक परिचालन उपसमितिमा पुर रावत संयोजक रहनेगरी पाँच सदस्यीय उपसमिति गठन भएको छ । अतिथि सत्कार उपसमितिमा कमलकुमारी शाह संयोजक रहेको पाँच सदस्यीय उपसमिति बनाइएको छ भने खाद्य व्यवस्थापन उपसमितिमा चन्द्र थापा संयोजक रहनेगरी पाँच सदस्यीय र यातायात व्यवस्थापन उपसमितिमा किशोर खड्का संयोजक रहनेगरी उपसमिति पनि गठन गरिएको छ ।


