१७ श्रावण २०८३, आइतबार 1785691792
समाचार

गृहमन्त्रीविरुद्ध देशभर प्रदर्शन गर्ने सुदन गुरुङको चेतावनी

काठमाडौँ : हामी नेपालीका संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो बोली नराखे देशभरि विरोध प्रदर्शन गर्ने चेतावनी दिएका छन् । उनले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने कुरामा गृहमन्त्री अर्यालको हिम्मत अब थाहा हुने भन्दै यस्तो चेतावनी दिएका हुन् ।

गृहमन्त्रीले ओली र लेखकलाई पक्राउ गर्ने सवालमा छानबिन आयोगको कामलाई पर्खनुपर्ने मत राखेकोले अब त्यो समय आएको सुनाए । सुदनले फेशबुकमार्फत गृहमन्त्रीको हिम्मतको पखाईमा रहेको बताए । उनले भनेका छन्–

अब हामी गृहमन्त्रीमा हिम्मत छ वा छैन भनेर हेर्न पर्खिरहेका छौं, जसरी उनले सधैं भन्दै आएका छन् कि छानबिन आयोगको लागि पर्खनुहोस् अब समय आएको छ।

हेरौँला…. अब पनि आफ्नो बोली राखेनन् भने, देशभर विरोध प्रदर्शन हुनेछ र त्यसको जिम्मा स्वयं गृहमन्त्री आफैंले लिनुपर्ने छ I