काठमाडौं । टीओबी समूहका तेन्जिङ दावा लामा भनिने तेन्जिङ लाप्तेनलाई पाँच लाख ३० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
लामाविरुद्ध लिखत किर्ते र लागुऔषधको अभियोग छ । सोमबार उनलाई थुनछेकका लागि इजलासमा पेस गरिएको थियो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले लामालाई लिखत किर्तेतर्फ पाँच लाख र लागुऔषधमा ३० हजार धरौटीमा छाड्ने आदेश दिएको अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए ।


