१ जेष्ठ २०८३, शुक्रबार 1778909160
समाचार

भन्सार एजेन्टको आन्दोलन : कालीमाटीमा तरकारी आयात ह्वात्तै घट्यो

काठमाडौँ । देशभरका भन्सार नाका ठप्प पार्दै भन्सार एजेन्टहरू आन्दोलनमा उत्रिएपछि यसको प्रत्यक्ष असर काठमाडौँको तरकारी बजारमा देखिन थालेको छ । उपत्यकाको मुख्य तरकारी बजार कालीमाटीमा मंगलबार फलफूल तथा तरकारीको आयातमा उल्लेख्य गिरावट आएको छ। 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमबारको तुलनामा मंगलबार तरकारी तथा फलफूलको आयात झन्डै आधाले घटेको छ । सोमबार बजारमा ११ लाख ३२ हजार २६ किलो फलफूल तथा तरकारी आयात भएको थियो । मंगलबार यो परिमाण भारी मात्रामा घटेर ६ लाख ५४ हजार ५ सय किलोमा सीमित भएको छ । 

सोमबारदेखि भन्सार एजेन्टहरूले आफ्ना विभिन्न माग राख्दै नाकाहरूमा काम ठप्प पारेका कारण भारतबाट आउने तरकारी र फलफूलको आपूर्ति शृङ्खला प्रभावित देखिएको छ ।