काठमाडौं । सरकार र जेनजी प्रतिनिधिहरु बीच आज सम्झौतामा हस्ताक्षर हुँदैछ । बुधबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा जेनजी प्रतिनिधि र सरकारबीच सम्झौतामा हस्ताक्षर हुन लागेको हो । उक्त बैठकमा जेनजी, घाइते र मृतकका परिवारहरू सहभागी छन् । सम्झौतामा जेनजी आन्दोलनले उठाएका मागहरू समावेश छन् ।

जेनजीको नेतृत्वमा भएको जनआन्दोलन सम्बन्धी मुद्दाहरू समाधान गर्ने उद्देश्यले जेनजी प्रतिनिधि र नेपाल सरकारबीच भएको सम्झौतामा आज हस्ताक्षर हुने भएको हो ।
सम्झौतामा दुवै पक्षका प्रतिनिधिले आन्दोलनका क्रममा उठेका विषय समाधान गर्ने, उपचार खर्च सुनिश्चित गर्ने र भावी समन्वय प्रक्रियालाई स्पष्ट बनाउनेबारे सहमति जनाएका छन् ।


