१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 4:29 am
Banner

दाङमा बस दुर्घटना हुँदा २२ जना घाइते

सूचना प्रेस २०८२ मंसिर २५ बिहिबार ००:००, ०९:२५ बजे १ मिनेट पढाइ

काठमाडौँ : दाङको लमहीमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका-१ कौडियामा डडेल्धुराबाट काठमाडौँ आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहान करिब ३ बजे पुलबाट खोलामा खसेको हो।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयका अनुसार लमही अस्पतालमा घाइतेहरूको  उपचार भइरहेको छ। घाइतेमध्ये दुईजनालाई थप उपचारका लागि बाहिर पठाउने तयारी भइरहेको उनले बताए।

बसमा ३८ जना सवार थिए । पट्टा भाँचिएर बस दुर्घटना भएको प्रारम्भिक बयान बस चालकले दिएका छन्। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए।