काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीको ऐतिहासिक ११ औँ राष्ट्रिय महाधिवेशनबाट गुटबन्दी अन्त्यको सङ्कल्प गरेर ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सक्षम नेतृत्व र नीति निर्माण गर्न आह्वान गरेका छन्।
गुरुङले मुलुक अहिले राजनीतिक अस्थिरता र अन्योलको भुमरीमा रहेको विशिष्ट घडीमा हुन गइरहेको यो महाधिवेशन फगत नेतृत्व चयनको औपचारिकता मात्र नभई यो वैचारिक स्पष्टता, सांगठनिक सुदृढीकरण र राष्ट्रिय समृद्धिको मार्गचित्र कोर्ने ऐतिहासिक सङ्गम पनि भएको बताएका हुन्।
उनले प्रतिनिधिहरूको जोश, जाँगर र सङ्घर्षले नै आज एमाले देशको प्रमुख शक्ति बनेको उल्लेख गर्दै उनीहरूको गरिमामय उपस्थितिले पार्टीलाई थप एकताबद्ध, जुझारु र गतिशील बनाउनेमा आफू पूर्ण विश्वस्त रहेको जनाएका छन्।


