३ भदौ २०८३, बुधबार 1787166799
Banner

रवि र छविको मुद्दामा आज उच्च अदालतमा पेसी

रुपन्देही। सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज उच्च अदालत बुटवलमा पेसी तोकिएको छ।

उच्च अदालतका सूचना अधिकारी राम बहादुर कुवरका अनुसार, आजको सुनुवाइका लागि पेसी चढाइएको हो। यसअघि रवि लामिछाने पक्षका कानुनी व्यवसायीहरूले दुईपटक निवेदन दिएपछि बहस रोकिएको थियो।सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो भागको बिगो रकम दाखिल गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले उनलाई रिहा गर्न अस्वीकार गरेको थियो।

लामिछानेले जिल्ला अदालतको आदेशविरुद्ध गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए।