काठमाडौं । नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशनमा सहभागी हुने १ सय ८ जन प्रतिनिधि मनोनित गरेको छ ।
कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् १ सय ८ जना मनोनित प्रतिनिधिको नाम पार्टीले सार्वजनिक गरेको हो ।
हिजो बसेको पार्टी सचिवालय बैठकले मनोनित प्रतिनिधिको टुङ्गो लगाएको थियो ।







