काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार बिहान नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रिज निर्माणस्थलको निरीक्षण गरेका छन् । उनले कार्यतालिकामा तय गरिएका माइलस्टोन हासिल गरी ठेक्का सम्झौता बमोजिमकै समय तालिकामा निर्माण सम्पन्न गरी नमुना परियोजनाको रूपमा प्रस्तुत हुनेगरी कार्य अघि बढाउन आग्रह गरे ।
४२० मिटर लम्बाइ रहेको उक्त पुल रु १ अर्ब ६९ करोड लागतमा रहेको र पुलको मुख्य निर्माण सुरु गर्नु अगाडीका कामहरु भइरहेको छ । पुलको मनसुन सुरु हुनु अघि नै पाएल फाउन्डेसन सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पुलको निर्माण २०८४ जेठभित्र सम्पन्न गर्ने कार्यतालिका रहेको छ ।
पुलको मुख्य विशेषताको रूपमा दुई ठुला पाइलोन कन्क्रिट टावरमा स्टे केबलबाट पुल सडकलाई सपोर्ट गर्ने सिस्टम रहेको छ । यसैगरी नारायणी तटबन्दको विषयमा पनि मन्त्री घिसिङले जानकारी लिएका छन् ।


