२७ जेष्ठ २०८३, बुधबार 1781104571
Banner

एमाले महाधिवेशन: बन्दसत्र अगाडि केन्द्रीय कमिटी बैठक बस्ने

काठमाडौं-नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र अगाडि केन्द्रीय कमिटी बैठक बस्ने भएको छ।

केन्द्रीय कमिटीको अन्तिम बैठक बसेपछि बन्दसत्रकाे कार्यक्रम सुरु हुने भएको छ। केन्द्रीय कमिटी बैठक सकिए लगत्तै बन्दसत्रकाे कार्यक्रम सुरु हुने बताइएका छ।

महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुने छ। बन्दसत्रले समसामयिक विषयमा विभिन्न निर्णय गर्दै नयाँ नेतृत्व चयन गर्ने छ ।

यस अघि शनिवार भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टकाे मैदानमा महाधिवेशनको उद्घाटन भएको थियो । उद्घाटन समारोहमा देशभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवं शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको छ।

महाधिवेशनको बन्दसत्रमा निर्वाचित, मनोनीत र आयोजक प्रतिनिधिको मात्र सहभागिता रहने छ। महाधिवेशनले एक अध्यक्ष,  तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिवसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन् ।नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको एमालेले जनाएको छ । सहमति जुट्न नसके मतदान प्रक्रियाबाट नेतृत्व चयन हुनेछ।