३ भदौ २०८३, बुधबार 1787189114
Banner

ओली प्यानलको उम्मेदवार हेरफेर : भट्ट उपमहासचिवको उम्मेदवार, ढकाल सचिवमा

काठमाडौं । नेकपा (एमाले) को उपमहासचिवमा लेखराज भट्ट उम्मेदवार बन्ने भएका छन् । अध्यक्ष केपी शर्मा ओली भट्टलाई उपमहासचिव बनाउन तयार भएका हुन् । यसअघि गुण्डुमा बसेको ओली पक्षको बैठकले पूर्वमाओवादी पृष्ठभूमिका भट्टलाई सचिवको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, भट्टले सचिव नबन्ने अडान दिएका थिए ।

भट्टलाई उपमहासचिवको उम्मेदवार बनाउने भएसँगै यसअघि उपमहासचिवको उम्मेदवार तोकिएका भानुभक्त ढकाललाई सचिवको उम्मेदवार बनाइने भएको छ ।

यस्तो छ नयाँ टिम-

अध्यक्ष केपी शर्मा ओली

उपाध्यक्ष

विष्णु पौडेल
रामबहादुर थापा ९बादल०
गुरु बराल
प्रदीप ज्ञवाली
पृथ्वी सुब्बा गुरूङ

महासचिव

शंकर पोखरेल

उपमहासचिव

विष्णु रिमाल
लेखराज भट्ट
रघुवीर महासेठ

सचिव

पद्मा अर्याल
भानुभक्त ढकाल
छविलाल विश्वकर्मा
शेरधन राई
हिम्मत कार्की
डा. राजन भट्टराई
खगराज अधिकारी
यामलाल कँडेल
महेश बस्नेत