काठमाडौं : नेकपा (एकीकृत समाजवादी) बाट हालै नेकपा एमालेमा प्रवेश गरेकी रामकुमारी झाँक्रीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छन्। काठमाडौंमा जारी एघारौँ महाधिवेशनमा उनले सदस्य पदमा उम्मेदवारी दर्ता गराएको जानकारी दिएकी छन्।
उम्मेदवारी दर्तापछि झाँक्रीले भनिन्, ‘पार्टीले दिने जुनसुकै मोर्चाको जोखिमपूर्ण जिम्मेवारी लिन सधैँ तयार छु/छौं। मेरा पछिल्ला दिनहरू अत्यन्तै रोमाञ्चक, अविस्मरणीय छन्। नयाँ पुराना सबै कमरेडहरूसँगको एक प्रकारको पुर्नमिलन छ। सबैको माया, स्नेह र भरोसा देख्दा लाग्छ बास्तवमै मैले धेरै कुरा मिस गरेको रहेछु।’


