काठमाडौं । नेकपा एमालेका नेता राजेन्द्र गौत्तमले उपमहासचिव पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।

हाल एमालेको प्रचार प्रसार विभाग प्रमुखको रुपका रहेका गौतमले केपी शर्मा ओली समुहबाट पदाधिकारीमा दाबी गरेका थिए । तर प्यानलमा नपरेपछि उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
उमेदवारको अन्तिम नामावलीमा उनको नाम छ । तर, उनले अन्तिम नामावली प्रकाशन भइसकेपछि आफू उमेदवार नरहेको बताए ।
काठमाडौंको भृकुटीमण्डपमा नेतृत्व चयन प्रक्रिया जारी छ ।


