३ भदौ २०८३, बुधबार 1787164512
Banner

टुँडिखेलमा गणतन्त्र दिवसको रौंनक (तस्विरहरु)

काठमाडौं । आज जेठ १५ गते अर्थात नेपालमा गणतन्त्र स्थापना भएको दिन । आज देशविदेशमा रहेका नेपालीहरूले गणतन्त्र दिवस मनाइरहेका छन् ।

सरकारले काठमाडौंको टुँडिखेलमा विशेष समारोहकाबीच गणतन्त्र दिवस मनाएको छ । पुष्प वृष्टिका र सुरक्षाकर्मीको कवाजका साथ दिवस मनाइएको हो । कार्यक्रममा हरेक वर्ष जस्तै शान्तिकका प्रतीक परेवा पनि उडाइएको छ ।

समारोहमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्याधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनासहित संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।