धनगढी । नेकपा (एमाले) को महाधिवेशन अन्तर्गत सुदूरपश्चिम प्रदेशको भूगोलबाट केन्द्रीय सदस्य पदमा ९ जना नेताहरू विजयी भएका छन् ।
प्रदेशको भूगोलको कोटाबाट केन्द्रीय कमिटी सदस्यमा विजयी हुने नेताहरूमा लिलाकुमारी भण्डारीले सबैभन्दा बढी मत प्राप्त गरेकी छिन्।
उनले १ हजार ५९२ मत ल्याइन्। यस्तै कमला कुमारी ओलीले १ हजार ५७१,गोविन्द गिरीले १ हजार ५५५, चक्रबहादुर मल्लले १ हजार ४८६, र भागरथी सिंहले १हजार ४३१ मत ल्याएर विजयी भएका छन्।
यस्तै यज्ञबहादुर बोगटीले १ हजार ३१०, पठानसिंह बोहराले १ हजार २९५, सहदेव बोगटीले १ हजार १८५ र लिलाधर भट्टले १ हजार १५० मत ल्याएर जितेका हुन्।


