काठमाडौं । नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक लगातार निर्वाचित केपी शर्मा ओलीले बिहीबार शपथ लिएका छन् ।

एमालेको ११औं महाधिवेशनमा जितपछि ओलीले सपथ लिएका हुन् । शपथपछि निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले ओलीलाई पुष्पगुच्छा प्रदान गर्दै बधाई तथा शुभकामना दिए ।
यसअघि उनी २०७८ मा चितवनको सौराहामा आयोजित दशौं महाधिवेशनमा निर्वाचित भएका थिए । त्यसअघि उनी २०७१ मा काठमाडौंमा सम्पन्न नवौँ महाधिवेशनमा पहिलोपटक अध्यक्षमा निर्वाचित भएका थिए ।


