काठमाडौं । नेकपा (एमाले) ले पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलाएको छ ।

शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको एमाले नवनिर्वाचित सचिव डा. राजन भट्टराईले जानकारी दिए । उनका अनुसार बैठक बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बस्नेछ ।
बिहीबार सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।


