३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 11:57 pm
Banner

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्ने

सूचना प्रेस २०८२ पुस ४ शुक्रबार ००:००, ०७:०२ बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै छ ।

बैठक दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बस्ने एमाले नवनिर्वाचित सचिव डा. राजन भट्टराईले जानकारी दिए । 

बिहीबार सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।