२७ कार्तिक २०८३, शुक्रबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 4:52 am
Banner

हराएको जहाज खोज्न नेपाली सेनाको सहित २ वटा हेलिकप्टर पठाइयो

सूचना प्रेस २०७९ जेष्ठ १५ आइतबार ००:००, ११:५३ बजे १ मिनेट पढाइ

काठमाडौं । केहीबेर अघि सम्पर्क विहिन बनेको तारा एयरको जहाज खोज्नका लागि हेलिकप्टर पठाइएको छ । २ वटा हेलिकप्टर पठाइएको गृहमन्त्रालयले जनाएको छ ।

गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेले एउटा फिस्टेल एयरको हेलिकप्टर हिडिसकेको बताए ।

उनका अनुसार नेपाली सेनाको हेलिकप्टर समेत भर्खरै उडेको छ । पोखराबाट अर्को एक निजी हेलिकप्टर पनि जाने बताए ।