६ श्रावण २०८३, बुधबार 1784717586
Banner

मधेश प्रदेशमा रामआशिष यादवलाई सभामुख बनाउने सहमति

जनकपुरधाम : मधेश प्रदेशमा जसपा नेपालका ‍‍सांसद रामआशिष यादवलाई सभामुख बनाउने सहमति भएको छ । शनिबार बिहान बसेको सात दलीय गठबन्धनको बैठकमा यादवलाई उम्मेदवार बनाउने सहमति भएकाे लाेसपा मधेशका दलका नेता जयनुल राइनले जानकारी दिए। 

सभामुखको उम्मेदवार बनाएका यादव जसपा नेपालका प्रमुख सचेतक समेत हुन्। उनी धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) बा दोस्रो पटक निर्वाचित प्रदेश सांसद हुन् ।

मधेशमा रिक्त सभामुख पदका लागि शनिबार नै मनोनयन दर्ता गर्ने तालिका छ ।  गत ३ मङ्सिरमा तत्कालीन सभामुख रामचन्द्र मण्डललाई पदअनुकूलको आचरण नगरेको अभियोगमा सात दलीय गठबन्धनले दुई तिहाइ बहुमतबाट हटाएकाे थियाे।