११ श्रावण २०८३, सोमबार 1785175204
Banner

‘जनताले जिम्मा दिए गोरुजस्तै जोतिएर देशको सेवा गर्छु, प्रधानमन्त्री बन्ने चाहना छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले देशको कार्यकारी प्रमुख भएर सेवा गर्ने आफ्नो चाहना रहेको खुलासा गरेका छन्।

काठमाडौंमा शनिबार आयोजित ‘जेनजी’ सँगको अन्तरक्रियामा बोल्दै उनले आगामी निर्वाचनमा आफ्नो पार्टी पनि चुनावी मैदानमा उत्रिने र जनताले विश्वास गरेमा प्रधानमन्त्री बनेर देशको मुहार फेर्ने संकल्प गरेका हुन्। विगतमा बन्दुक बोकेको, जेल बसेको र किताब पढेको अनुभव सुनाउँदै उनले अब नयाँ उद्योगधन्दा चलाएर र काम गरेर देश बनाउने योजना रहेको बताए।

‘यो देशलाई राम्रो बनाउने हाम्रो सपना छ । हामीले बन्दुक पनि बोक्यौ,जेल पनि गयौँ,किताव पनि पढ्यौँ । अहिले नयाँ उद्योगधन्दा पनि चलाउँछौँ, काम गर्छौँ । यदी नेपालका किसान,मजदुर, बद्धिजिवी, व्यापारी, मध्यम वर्गले, शहरले, गाउँले हामीलाई मौका दिनुहुन्छ भने तिमीहरु एक चोटी गरेर देखाउ न भनेर तपाईहरुले जिम्मा दिनुहुन्छ भने एकचोटी यो देशको प्रधानमन्त्री भएर, कार्यकारी प्रमुख भएर गोरु जस्तो जोतेर देशको सेवा गर्ने चाहना पनि नेकपा माओवादीको छ,यो हामी गर्छौँ,’ उनले भने ।