७ जेष्ठ २०८३, बिहिबार 1779366073
Banner

एमाले अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन्।

ओली महासचिव शंकर पोखरेलको साथमा महाराजगञ्ज पुगेका हुन् । भेटमा देउवा पत्नी आरजु राणा देउवा पनि सहभागी छिन् । एमालेको ११ औं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्ष चुनिएपछि ओली पहिलो पटक सभापति देउवालाई भेट्न गएका हुन् ।

यसअघि मंसिर १९ गते पनि सभापति देउवा र ओलीबीच भेटवार्ता भएको थियो।