२५ भदौ २०८३, बिहिबार 1789069427
Banner

बालेनले मानव अधिकार आयोगमा पुगेर दिए बयान

काठमाडौँ । गत भदौ २३ र २४ गते सम्पन्न ‘जेन–जी आन्दोलन’ सम्बन्धमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले सोमबार राष्ट्रिय मानव अधिकार आयोगमा उपस्थित भई बयान दिएका छन्।

आयोगले उक्त आन्दोलनका क्रममा भएका गतिविधिबारे धारणा बुझ्ने उद्देश्यले मेयर शाहलाई बोलाएको थियो। सोही अनुरूप आयोग पुगेका उनले आन्दोलनसँग सम्बन्धित विषयमा आफ्नो भनाइ राखेको बताइएको छ।

यद्यपि, आयोगमा मेयर शाहले दिएको बयानको विस्तृत विवरणबारे उनका सचिवालयले कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन। आयोगले आवश्यक अध्ययनपछि थप प्रक्रिया अघि बढाउने जनाएको छ।