२६ जेष्ठ २०८३, मंगलबार 1781065843
Banner

ओली, देउवा र प्रचण्डसँग छलफल गर्दै राष्ट्रपति पौडेल


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् ।

उनले नेपाली कांग्रेस, नेकपा एमाले र नवगठित नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् ।

राष्ट्रपतिको कार्यालयले आज ३ बजे कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल हुने जनाएको छ ।

राष्ट्रपति पौडेलले फागुन २१ मै प्रतिनिधि सभा चुनाव हुनुपर्ने बताउँदै आएका छन्।