काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर ४ ले चम्पा अधिकारी ‘चाहाना’लाई समानुपातिकतर्फ पहिलो नम्बरमा र प्रत्यक्षतर्फ समेत उम्मेदवार बनाउन सिफारिस गरेको छ ।
यसअघि स्थानीय तह निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका उपमेयर पदको उम्मेदवार बनेकी अधिकारी थोरै मतान्तरले पराजित भएकी थिइन् । यस क्षेत्रकी सक्रिय महिला नेतृका रूपमा परिचित उनी राप्रपाको महिला संगठनको सचिव समेत हुन् । पार्टीभित्र उनी अध्यक्ष राजेन्द्र लिङ्देन निकट मानिन्छिन् ।
राप्रपाका एक नेताका अनुसार अधिकारीले टिकट पाएमा पार्टीको जित सुनिश्चित हुने विश्वास गरिएको छ । “उनी जत्तिकै डाइनामिक महिला नेतृले चुनाव जित्नु हुन्छ,” उनले भने, “समानुपातिकबाटै भए पनि यस्ता युवा र सक्षम नेतृलाई अघि बढाउनुपर्छ भन्ने हाम्रो जोड हो ।”


