काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई भेट्न उच्चपदस्थको लर्को नै लागेको छ । साहसँग आज रास्वपा सभापति रवि लामिछाने, मन्त्री कुलमान घिसिङसहित अन्य नेताहरूले भेट गरिसकेका छन् ।
यसैबीच बालेनसँग छलफल गर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि जाने भएका छन् । बालेनका सहयोगी कुमार बेन निवासमा भट्टराई भेटका लागि जान लागेका हुन् ।


