१ जेष्ठ २०८३, शुक्रबार 1778904128
Banner

एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगे संचारमन्त्री खरेल

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश खरेलबीच भेटवार्ता भएको छ ।

अध्यक्ष ओलीसँग भेटवार्ताका लागि खरेल ओली निवास गुण्डुमै पुगेका थिए । ओली र खरेलबीच आगामी निर्वाचन लगायतका विषयमा कुराकानी भएको बुझिएको छ ।

राजनीतिक भेटघाटलाई तीव्र बनाएका मन्त्री खरेलले यसअघि आजै नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउबासँग भेटवार्ता गरिसकेका छन्।