मकवानपुर । बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयका २५५ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ । मन्त्रालयले प्रदेशभरका विभिन्न निकायमा कार्यरत तथा पदस्थापन हुन बाँकी कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेको हो ।
मन्त्रालयको कात्तिक १९ गतेको सचिवस्तरीय निर्णयानुसार प्रदेश इन्जिनियरिङ सेवा, प्रदेश प्रशासन सेवा तथा अस्थायी दरबन्दीअन्तर्गतका गरी कुल २५५ जना कर्मचारीको पदस्थापन, सरुवा तथा कामकाज खटाउने निर्णय गरिएको हो । प्रदेशभित्र सञ्चालित खानेपानी, जलस्रोत, सिँचाइ, नदी नियन्त्रण तथा ऊर्जासम्बन्धी योजनाहरूको प्रभावकारी कार्यान्वयन र नयाँ संगठनात्मक संरचनाअनुसार जनशक्ति व्यवस्थापन गर्न यो फेरबदल गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले इन्जिनियरिङ सेवाका १३३ प्राविधिक कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले प्राविधिकतर्फ वरिष्ठ इन्जिनियरदेखि सब–इन्जिनियरसम्मका जनशक्तिलाई विभिन्न जिल्लाका डिभिजन, सब–डिभिजन तथा प्रादेशिक समन्वय कार्यालयहरूमा सरुवा तथा पदस्थापन गरेको हो ।
जसअनुुसार वरिष्ठ वरिष्ठ इन्जिनियर विजय श्रेष्ठलाई जलस्रोत तथा सिँचाइ विकास डिभिजन काठमाडौँ, शेखर प्रसाद मैनालीलाई जलस्रोत तथा सिँचाइ विकास डिभिजन काभ्रे, किरण राज कार्कीलाई जलस्रोत तथा सिँचाइ विकास डिभिजन नुवाकोटमा सरुवा गरिएको छ । यस्तै दिलिपकुमार बि.क.लाई जलस्रोत तथा सिँचाइ विकास डिभिजन काठमाडौँ, विशाल के.सी.लाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमा, कुश बुढाथोकीलाई जलस्रोत तथा सिँचाइ विकास डिभिजन दोलखामा सरुवा गरिएको छ ।
यसैगरी सुवास बानियाँलाई जलस्रोत तथा सिँचाइ विकास डिभिजन सिन्धुली, केवल पण्डितलाई प्रादेशिक ऊर्जा तथा जलस्रोत विकास समन्वय कार्यालय भक्तपुर, सृष्टि श्रेष्ठलाई भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन सिन्धुपाल्चोक, अचला पौडेललाई प्रादेशिक ऊर्जा तथा जलस्रोत विकास समन्वय कार्यालय भक्तपुर, दीपिका शर्मालाई जलस्रोत तथा सिँचाइ विकास डिभिजन काभ्रे, नेशन श्रेष्ठलाई जलस्रोत विकास तथा सिँचाइ व्यवस्थापन डिभिजन चितवन र युगल किशोर रायलाई खानेपानी तथा सरसफाइ डिभिजन सिन्धुपाल्चोकमा सरुवा गरिएको छ ।
मन्त्रालयले २८ जना इन्जिनियर तथा हाइड्रोजियोलोजिस्टलाई पनि सरुवा गरेको छ । जस अनुसार नितु पराजुली, पुष्प भट्टराई, दिनेश अधिकारीलाई प्रादेशिक ऊर्जा तथा जलस्रोत विकास समन्वय कार्यालय भक्तपुरमा पठाइएको छ भने आनन्द पौडेल, अनुपा श्रेष्ठ, विश्वज्योति भण्डारी र हेमराज बोगटीलाई उपत्यका खानेपानी, सरसफाइ विकास तथा प्रादेशिक समन्वय कार्यालय भक्तपुरमा पदस्थापन गरिएको छ ।
श्याम कान्त चौधरी (धादिङ), राम गोविन्द शाह (दोलखा), प्रज्ञा आचार्य (काठमाडौँ), महेश कुमार नेपाली (रामेछाप), आकाश श्रेष्ठ (सिन्धुली), दिनेश पोखरेल (नुवाकोट), श्री कुमार लामा (मकवानपुर), मिन बहादुर थापा र प्रतिक्षा पौडेल (चितवन), सुस्मिता लामिछाने र केशवराज आचार्य (मकवानपुर), विविश प्याकुरेल (मकवानपुर), सुवास अर्याल (रामेछाप), सोनु थापा सारु (सिन्धुपाल्चोक), अजय कुमार यादव (रसुवा), रुकेश राजभण्डारी (धादिङ), एलिना बेल्वासे (रामेछाप), कामेश्वर दास (नुवाकोट) लगायतका इन्जिनियरहरूको कार्यक्षेत्र तोकिएको छ ।
हाइड्रोजियोलोजिस्टतर्फ संजय प्रसाद कुशवाहा र उमा पाण्डेलाई भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन, चितवनमा पदस्थापन गरिएको छ । त्यसैगरी मन्त्रालयले ९२ जना सहायक इन्जिनियर तथा सब–इन्जिनियरको पनि सरुवा तथा पदस्थापन गरेको छ । सहायक इन्जिनियरहरू विक्रम फैंजु, मनोज खड्का, मन्दिरा महर्जन, कल्पना कुमारी सिंह, अच्युत राज पौडेल, राजु भट्टराई, दुर्गा बहादुर श्रेष्ठ, विकास कुमार लाल, राधे श्याम श्रेष्ठ, विष्णुबहादुर लो, निशा महतो, सन्त कुमार नेपाल, विजय महर्जन, दिव्या रानी झा लगायतलाई क्रमशः काभ्रे, चितवन, सिन्धुली, मकवानपुर, दोलखा, धादिङ र काठमाडौँ लगायतका जिल्लामा पदस्थापन गरिएको छ ।
मन्त्रालयले ३२ जना प्रदेश प्रशासन सेवाका कर्मचारीको सरुवा र पदस्थापन गरेको छ । प्रशासनतर्फ मन्त्रालय, निर्देशनालय तथा जिल्लास्थित डिभिजन कार्यालयहरूमा कार्यरत अधिकृतदेखि कार्यालय सहयोगीसम्म ३२ जना कर्मचारीहरूको जिम्मेवारी तोकिएको हो । शाखा अधिकृतहरू करुणा पराजुलीलाई उपत्यका खानेपानी, सरसफाइ विकास तथा प्रादेशिक समन्वय कार्यालय, भक्तपुर, सपना थापालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, दिवाकर सोतीलाई प्रादेशिक ऊर्जा तथा जलस्रोत विकास समन्वय कार्यालय, भक्तपुरमा जिम्मेवारी तोकिएको छ ।

