काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले संघर्षका कार्यक्रम घोषणा गरेको छ । अर्घाखाँचीको सितगंगास्थित जनकम्युनमा प्रहरीले छापा मारेको विरोधमा सो पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

शनिबार बसेको उक्त पार्टीको स्थायी कमिटी बैठकले संघर्षका कार्यक्रम घोषणा गरेको हो । संघर्षका कार्यक्रम अन्तर्गत पुस १२ गते साँझ देशव्यापी मसाल जुलुस, १३ गते देशभर कोणसभा, १४ गते विरोध प्रदर्शन र १५ गते काठमाडौँमा अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने जनाइएको छ ।


