मंगोलिया । मंगोलियाली पर्यटन संगठनले मंगलवार सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कअनुसार सन् २०२५ मा पर्यटकको आगमन अघिल्लो वर्षको तुलनामा ५ प्रतिशतले वृद्धि भएको छ ।
तथ्याङ्कअनुसार जनवरीदेखि डिसेम्बरसम्म विदेशी राहदानी वाहकहरूले कुल ८ लाख ४६ हजार १०३ पटक देश भ्रमण गरेका थिए । संस्कृति, खेलकुद, पर्यटन र युवा मन्त्रालयकाअनुसार मंगोलिया सरकारले देशमा चारै ऋतुको पर्यटन विकासलाई प्रवद्र्धन गर्न मंगोलिया भ्रमण वर्ष कार्यक्रमलाई सन् २०२८ सम्म निरन्तरता दिने निर्णय गरेको छ ।
हाल मंगोलियाको अर्थतन्त्र खनिज स्रोतको निर्यातमा धेरै निर्भर छ । पर्यटन प्रवद्र्धनलाई देशको अर्थतन्त्र विविधीकरण गर्ने र विश्वव्यापी प्रतिष्पर्धाको सन्दर्भमा आफ्नो पर्यटनको प्रतिष्पर्धात्मकता बढाउने प्राथमिकतामध्ये एक मानिएको छ ।
भूपरिवेष्ठित एसियाली राष्ट्रले सन् २०२४ मा कुल ७ लाख २७ हजार ४ सय विदेशी पर्यटकहरूलाई स्वागत गरेको थियो । जसबाट पर्यटन क्षेत्रबाट १.६ अर्ब अमेरिकी डलर आम्दानी भएको थियो ।


