१४ श्रावण २०८३, बिहिबार 1785436052
Banner

मधेश प्रदेशमा थपिए ६ मन्त्री, सरकारले पायो पूर्णता

जनकपुर — मधेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले तेस्रो पटक विस्तार गरेसँगै १२ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

सरकार गठन भएको लगभग एक महिनापछि मुख्यमन्त्री यादवले ६ जना मन्त्रीलाई सामिल गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

नवनियुक्त मन्त्रीहरूले आजै शपथ ग्रहणसमेत गरेका छन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सुरेन्द्र लाभले पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

मनिष सुमनले श्रम तथा यातायात मन्त्री, राजकुमार गुप्ताले भौतिक पूर्वाधार विकास मन्त्री, शंकरप्रसाद चौधरीले वन तथा वातावरण मन्त्री, श्यामप्रसाद पटेलले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री, वसन्त कुशवाहाले खेलकुद तथा समाज कल्याणमन्त्री र फकिरा महतोले गृह सञ्चार तथा कानुनमन्त्रीको शपथ ग्रहण गरे ।