जनकपुरधाम। फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट पूर्वमन्त्री जुलीकुमारी महतोको नाम एकल रूपमा सिफारिस गरेको छ । शनिबार बसेको नेकपा एमाले धनुषा क्षेत्र नम्बर ३ को क्षेत्रीय कमिटी बैठकले महतोको नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो । महतो २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।
नेकपा एमाले धनुषा जिल्ला अध्यक्ष भोला यादवले धनुषा क्षेत्र नम्बर २, ३ र ४ का उम्मेदवार टुङ्गो लागिसकेको जानकारी दिँदै क्षेत्र नम्बर १ को उम्मेदवार आइतबारसम्म टुङ्गो लाग्ने बताए ।


